ओली समूहको सभा पञ्चर्‍यालीको पुनरावृत्ति : माधवकुमार नेपाल



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली समूहले गरेको सभालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेलामा नेपालले नारायणहिटी अघि भएको सभा पञ्चर्‍यालीको पुनरावृत्ति भएको पनि बताए ।
नेपालले प्रधानमन्त्री ओलीसँग जोडिएका व्यक्तिहरु नौटंकी मात्रै गर्न सिपालु रहेको भन्दै कटाक्षसमेत गरे । उनले राजनीतिमा बिक्न हुँदैन भन्ने कुरा ओली समूहमा देखावटी मात्रै भएको बताए ।
‘केपी ओलीसँग जोडिएका व्यक्तिहरु नौटंकी गर्न मात्रै सिपालु छन् । प्रहरीजस्तै म्यादीको भर्ना खुलेको थियो । हाम हाल्दै १५ दिने म्यादी केन्द्रीय सदस्य बन्न पुगेका थिए,’ उनले भने । ओली समूहमा लागेकाहरु कुनै पेसामा इमानदार नरहेको आरोप लगाए ।
उनले ओलीले अपमान गरेको भन्दै मान–सम्मानका लागि लड्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्