नेपाली फुटबलर अभिषेक रिजालले भारतीय लिग खेल्ने



काठमाडौँ । नेपालका युवा फरवार्ड अभिषेक रिजाल इन्डियन (आई) लिग खेल्ने भएका छन् ।
उनले जारी सिजनको बाँकी खेल सन् २०१७ को विजेता टोली आइजवाल एफसीबाट खेल्ने भएका हुन् । यसअघि आई लिग छनोट टोली मोहम्देन एफसीबाट खेलेका उनले अहिले क्लब परिवर्तन गरेका हुन् ।
मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् । अभिषेक अहिले फिफा विश्वकप २०२२ छनोट खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।
अब बाँकी सिजनका खेल भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् । अभिषेकको सम्झौता मार्च सम्मको छ । भारतीय लिगका लागि अभिषेक केही दिनमा भारत जानेछन् ।
अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्