आजको मौसम : उच्च पहाडी भेगमा हिमपातको सम्भावना



काठमाडौँ : पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा अहिले आंशिक बदलीको अवस्था छ ।

दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार र सोमबार भने मौसममा उल्लेख्य बदलाव नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्