ओलीले राजीनामा दिनुहुन्न : उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
अनेरास्ववियूले आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए । उनले संसदमा अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई हटाउन चेतावनी पनि दिए ।
‘केपी ओलीले बीचमै छाड्नु हुन्न । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्नु हुन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने ।
उनले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने बताए । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्