सरकारले बोलायो संसद बैठक



काठमाडौं । सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले गत मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश दिएको थियो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्