लैनचाैरमा माेटरसाइकललाई माइक्राे बसले ठक्कर दिँदा एककाे मृत्यु



काठमाडौँ : लैनचौरमा आज बिहान ६ बजे भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल आपसमा ठोक्किएकाे हाे । मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोटका ३० बर्से प्रकाश तामाङ रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको सोही सेन्टरमा उपचार भइरहेको छ ।

 

दुर्घटनामा परेका सवारी साधनसहित माइक्रो चालक प्रहरी नियन्त्रणमा छन् 

 

रासस 

प्रतिक्रिया दिनुहोस्