बगेको पसिना हातको ठेला कसले देख्छ र ।
गरा झै चिरिए को हत्केला कसले देख्छ र ।
नजर त संधै सिंहासन मै ठोकिन पुग्दो रहेछ छाप्रोमा भेल पसेको बेला कसले देख्छ र ।
यो सहर त मुस्कुराउने चेहरा मात्रै खोज्छ दुखिको पिर आसुको मेला कसले देख्छ र ।
कहिल्यै स्यावासी पाईन्न गुनासो छ गुरूको डाक्टर पाईलट बनेनि चेला कसले देख्छ र ।
आउछ टप्प टिप्छ लैजान्छ भन्दैन ठुलो सानो जिवनको अन्त्य दैबको खेला कसले देख्छ र ।