अमिताभ बच्चन बिरामी



विश्वमै चर्चित अभिनेता मानिएका बलिउड सुपर स्टार अमिताभ बच्चन बिरामी परेका छन् । ७६ वर्षका बच्चनले खराब स्वास्थ्यका कारण हरेक आइतबार बेलुकी आफ्नो घर मुम्बईको जुहुस्थित जलसा गेटमा आफ्ना प्रशंसकलाई भेट्न नसकेको उनले ट्वीट गरेका छन् ।

३६ वर्षदेखि उनले जलसामा आफ्ना समर्थकलाई भेट्ने गरेका थिए । स्वास्थ्य अवस्था जानकारी दिँदै उनले ट्विटरमा लेखेका छन्, 'आइतबारको दर्शन गर्न सकिनँ । सबैलाई जानकारी गराउँछु कि मेरो स्वास्थ्य अवस्था खराब छ तर चिन्ताजनक भने छैन । मात्र घर बाहिर आउन सकिनँ ।'

प्रतिक्रिया दिनुहोस्