यस्तो छ नवनायिका सुहाना थापाको जीवनशैली



सुहाना थापा नेपाली चलचित्र उद्योगकी नवनायिका हुन् । २१ वर्षीया सुहानाले ‘ए मेरो हजुर ३’बाट डेब्यु गरिन् । हालै प्रदर्शनमा आएको उक्त चलचित्र सुहानाकी आमा अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेन । यद्यपि, यसले सुहानालाई भने चलचित्र नगरीमा चिनाएको छ । अब जानौँ, चलचित्र नगरीमा स्थापित हुनका लागि सुहाना कस्तो जीवशैली अपनाइरहेकी छिन् ?

 फिटनेस

फिट हुनु नै स्वस्थ रहनु हो । जसले मानिसको व्यक्तित्वसँग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यसैले, फिटनेसलाई ध्यानमा राख्दै कार्डियो एक्सरसाइज गर्ने गरेकी छु । फिल्म सुटिङको दौरानदेखि कार्डियो गर्न थालेकी छु । फुर्सदको समयमा गरिने यस्ता अभ्यासले आफूलाई फिट कसरी राख्न सकिन्छ भन्ने अनुभव हासिल गरेकी छु । 

 मेकअप

सुटिङबाहेकको समयमा मलाई मेकअप गर्न खासै मन पर्दैन । क्याजुअलमा हिँड्दा सामान्य सनब्लक, पाउडर र मस्कारा लगाउने गरेकी छु । सुन्दर देखिनका लागि हेभी मेकअप गर्नुभन्दा पनि छालाको राम्रो स्याहार गर्नुपर्ने हुन्छ । म यसै नियमलाई पछ्याउँछु । छालालाई कसरी स्वस्थ राख्ने तथा प्राकृतिक रूपले चम्किलो बनाउने कुरामा विशेष ध्यान दिइरहेकी हुन्छु । 

 पर्याप्त निद्रा

स्वस्थ जीवनका लागि खानापछिको अर्को आवश्यकता निद्रा हो । पर्याप्त निन्द्राले मानिसको सुन्दरतामा समेत सहयोग पु¥याइरहेको हुन्छ । समयमै सुत्ने र उठ्ने बानीले छालाको सौन्दर्यतामा निखार आउँछ । त्यसैले, म निम्न कुरा फलो गर्छु ।

 खानपान

के खाने–के नखाने भन्नेमा कुनै रोकतोक छैन । उचित खानपानको विषयमा खासै चासो पनि राख्दिनँ । दैनिक खाने खानेकुरा जे छन्, ती स्वस्थ हुनुपर्छ भन्ने मेरो मान्यता छ । म पानीचाहिँ प्रशस्त पिउँछु । जसले कामको समयमा हाइड्रेड राख्न मदत गर्छ । बरु, खानपानमा भन्दा पनि बढी एक्सरसाइजमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । 

 ड्रेसअप

कामको परिवेशअनुसार ड्रेसअप निर्धारित हुन्छ । अभिनयको क्रमका छुट्टै खालको ड्रेसअप लगाइन्छ । त्यस्तै, अरूवेला क्याजुअल ड्रेसअप गरिन्छ । मलाई डिजाइन गरिएको भन्दा पनि बाहिर हिँड्दा आफूलाई सजिलो लाग्ने खालको लुगा लगाउन मन पर्छ  । बाहिर हिँड्दा विशेषगरी कुर्ता लगाएर हिँड्न मन पर्छ । यसबाहेक हलुका र साधारण देखिने लुगामा रुचि छ ।  नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्