मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना पुरस्कार



काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठलाई अन्नपूर्ण नेपालकाे दीर्घ साधना पुरस्कारबाट सम्मान गरिने भएकाे छ । उनलाई नेपाली रंगमञ्च, कला-हास्य व्यंग्य र गीतसङ्गीतका क्षेत्रमा पाँच दशक लामो समयदेखि पूर्ण समर्पित भएकाे भन्दै रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान- २०७६ समर्पण गरिने भएकाे हाे ।

रंगमञ्च ,कला-हास्य व्यंग्य, गीतसङ्गीत र लेखनका क्षेत्रमा श्रेष्ठले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै पचास हजार नगद राशिसहित यो सम्मान गर्न लागिएको रेडियो अन्नपूर्ण नेपाल व्यवस्थापन समितिले जनाएकाे छ । रेडियोको पाँचौ वार्षिकोत्सवका अवसरमा जेठ १४ गते एक विशेष कार्यक्रममा यो सम्मान उनलाई समर्पण गरिनेछ ।

२०७५ सालबाट समर्पण गर्न थालिएको यो सम्मान यसअघि पहिलो पटक नेपाली एवं नेवारी गीतसङ्गीतको श्रीवृद्धिमा पुर्‍याएको योगदानको अभ्यर्चना गर्दै वरिष्ठ गीतसङ्गीत साधक योगश वैद्यमा समर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्