सूर्यमाला र सुरक्षालाई लिएर ‘आमा’ निर्देशन गर्दै दीपेन्द्र के. खनाल



काठमाडौं : सुरक्षा पन्तलाई लिएर निर्देशक दीपेन्द्र के. खनालले फिल्म ‘आमा’ निर्देशन गर्ने भएका छन् । ‘आमा’ नामक फिल्मलाई नेपालको पहिलो फिल्म पनि मानिन्छ । फिल्ममा सूर्यमाला खनाल ‘आमा’ को भूमिकामा देखिँदैछिन् भने छोरीको भूमिकामा नायिका सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

काठमाडौंमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनामा फिल्मको औपचारिक घोषणा समेत गरियो । निर्देशक खनालले यो फिल्मलाई आफ्नो हिट फिल्म ‘पशुपतिप्रसाद’ जस्तो बनाउने दाबी गरे । उनले भने, ‘आमालाई दर्शक र समीक्षकले माया गर्ने खालको बनाउने छु ।’

यस्तै नायिका सुरक्षा पन्तले आफूले निभाउने भूमिकालाई सक्दो न्याय गर्ने बताइन् । चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

चलचित्रमा शर्मिला पाण्डेको निर्माण रहनेछ भने सन्तोष अधिकारीको सह–निर्माण रहनेछ । फिल्मले फागुन ९ गतेलाई प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमका अनुसार फिल्मको छायांकन असारको पहिलो साताबाट थालिनेछ ।

प्रतिक्रिया दिनुहोस्