१७ वर्षपछि कंगो शान्ति मिसनमा नेपाल प्रहरी



काठमाडौं : राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल पैहरी द्वन्द्वगैस्त मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले २ जना नेपाल प्रहरीका अधिकृतलाई कंगोका लागि छनौट गरेको हो । 

डिएसपी सुरेश काफ्ले र ईन्सपेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीका संयूक्त राष्ट्रसंघ प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । यसअघि दुईजना अधिकृत मात्र शान्ति मिसन अन्तर्गत कंगो पुगेका थिए । सन् २००१ मा रमेशचन्द्र ठकुरी र बाबुराम गुरुङ कंगो गएका थिए । १७ वर्षपछि फेरी नेपाल प्रहरी पर्यवेक्षकका रुपमा कंगोमा खटिन लागेको हो । 

कंगो जान लागेका दुई अधिकृतको कंगोमै राष्ट्रसंघले फ्रेन्च भाषासम्बन्धी परीक्षा लिने समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्