कविताकाे शिर्षक : कान्छीको भट्टी
एकाबिहानै कान्छी आफ्नो भट्टी खोल्न जान्छे
किनकि उसका भट्टीमा मदिरा पिउनेको घुइँचो
बिहानदेखि नै लाग्छ, सायद यही कारण होला
पातली कान्छी आजभोलि मोटीघाटी भएकी छे
सुनका गहनाले आफूलाई ढपक्क ढाकेकी छे
घरमा गनगन गर्नेहरू अचेल चुपचाप भएका छन्
सायद यो सब नोटको बिटोको करामत हुनसक्छ
पानी बेच्दा पनि थपीथपी पिइरहन्छन्
ती शराबीहरु भन्छन् कति, कान्छीको हातले दिएको जाँड पो जाँड
बूढाहरू भन्छन्, कान्छी तीनपाने त मज्जाको पो छ
जवान केटाहरू भन्छन्, के हो कान्छी दि तुम्बामा चुम्मा मिसाएर देको हो
सारै स्वादिलो छ
तर अलि पर राम दाजुको चिया पसल सुनसान छ
मेहनत गरेर मिठो बनाएर चिया बेच्दा पनि
केही मानिसहरू मात्र हुन्छन्, उनको त्यो चिया पसलमा
सायद राम दाजु सुन्दर त्यो कान्छी नभएर होला
उनका कुराहरूमा सरलता भएर होला
तर पनि उनी खुसी छन्, आफ्नो व्यापारमा पु-याएकै छन्
परिवारलाई चाहिने खर्च
उनी भन्छन् थोरैमा पनि सन्तुष्ट हुन सक्नुपर्छ
इमान नबेची सधैँ चिया बेच्न पाइयोस्
यही हो मेरो देशको कथा
यस्तै छ हरेक ठाउँको व्यथा
कान्छीले बेच्ने पनि र राम दाजुले बेच्ने पनि पानी हो
तर फरक यति मात्र हो कि
राम दाजु आफ्नो इमान बेच्दैनन् ।।।