‘आइ लभ यु’ नभनी कसरी माया व्यक्त गर्ने ?



प्रेम अभिव्यक्त गर्ने सशक्त माध्यम र सजिलाे तरका भनेकाे आइ लभ यु भन्नु नै हो।

तर के यस्तो भनिएका सबै प्रेम स्विकारिएका होलान् त ? या एकै पटकको भेटघाटमा वा एकैचोटि नजिकिँदैमा भनिएको ‘आइ लभ यु’ले प्रेमी अथवा प्रेमिकाको मन जित्न सक्छ त ? त्यसो भए कसरी आफूले चाहेको मान्छेको मन जित्ने त? त्यसका लागि निकै पटकको घुलमिल, भेटघाट र संगत आवश्यक पर्छ।   

म तिमीलाई भित्र देखि सम्मान गर्छु

कसैलाई आफूले मन पराउने कुरा बताउनु छ वा प्रेम ब्यक्त गर्नु छ भने ‘आइ लभ यू’ को सट्टा आइ अडोर यू अर्थात म तिमीलाई कदर गर्छु वा सम्मान गर्छु भन्न सकिन्छ । यसले पनि प्रेम ब्यक्त गर्छ र उस्तै भावना जगाउँछ ।

म तिमीप्रति नतमस्तक छु

कुनै ब्यक्तिलाई प्रेम ब्यक्त गर्दा ‘आइ लभ यू’को सट्टा आइ इन्फ्याचुएटेड विद यू पनि भन्न सकिन्छ। यसको अर्थ म तिम्रा हरेक कुरामा नतमस्तक छु। भन्ने हो यसले प्रेमको अवस्थालाई नै बुझाउँछ । यसले ‘आइ लभ यू’ भन्नु भन्दा फरकपन पनि महसुस गराउँछ ।

म तिम्रै त हुँ नि

‘आइ लभ यू’ को साटो अझै मिठो भाषामा आफूलाई अरुको प्रेममा परेको बुझाउन चाहनुहुन्छ भने आइएम योर्स अर्थात म तिम्रै हुँ पनि भन्न सक्नु हुन्छ।

 

म तिम्रो सपना देख्छु

तपाइँलाई प्रेम ब्यक्त गर्न मन छ र अझै प्रेमिल भाषामा ‘आइ लभ यू’ भन्न चाहनु हुन्छ भने आई ड्रिम अफ यू पनि भन्न सक्नु हुन्छ । यसले म तिम्रो सपना देख्छु भन्ने अर्थबाट तिम्रो प्रेममा परेको छु र तिम्रैबारेमा मात्र सोंच्छु भन्ने अभिब्यक्त गर्छ ।

म हाम्रो प्रेममा जिउँछु

यदि तपाइँ नयाँ तरिकाले प्रेम प्रस्ताव गर्न चाहनु हुन्छ भने आइ लिभ फर आवर लभ अर्थात म हाम्रो प्रेमका लागि जिउँछु भन्न सक्नु हुन्छ ।

मलाई तिम्रो नजिक भैरहन मन पर्छ

‘आइ लभ यू’ भन्नुको साटो आइ लभ विइङ अराउण्ड यू अर्थात मलाई तिम्रो नजिक भैरहन मन पर्छ भन्दा पनि प्रेमको अभिब्यक्ति उत्तिकै बलियो हुन्छ ।

म निशर्त प्रेम गर्छु

तपाइँलाई म तिमीलाई प्रेम गर्छु ‘आइ लभ यू’ मात्र भन्न मन लाग्दैन भने माइ लभ इज अनकण्डिसनल अर्थात मेरो प्रेम निशर्त छ भन्ने कुरा बुझाउन सक्नु हुन्छ ।

म तिमीबिना केही होइन

आइएम नथिङ विदआउट यू भन्नु पनि ‘आइ लभ यू’ भन्नु भन्दा प्रभावकारी बन्न सक्छ । यसले सुन्ने मानिसलाई फरक र विशेष अनुभव गराउँछ ।

प्रतिक्रिया दिनुहोस्