चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक



काठमाडौँ : नेपाली फिल्म ‘काउसो’को ट्रेलर सार्वजनिक भएको छ। जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्मको सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी रहेको छ।

मदन घिमिरेको कथा तथा निर्देशन रहेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगायतको अभिनय रहेको छ। पटकथा र संवाद भोजराज देवकोटाको रहेको छ भने सङ्गीत विकास चौधरी, द्वन्द्व शङ्कर महर्जन, नृत्य विक्रम स्वाँर, छायाङ्कन रामेश्वर हुमागाईँको र सम्पादन नवीन निरौलाको रहेको छ। 

प्रतिक्रिया दिनुहोस्