यो फूलले कसको मन नलोभ्याउला र ? (फोटो फिचर)



काठमाडौं : पहिले पहिले काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भनिन्थ्यो। तर, अहिले काठमाडौंलाई धुलो, धुवाँ र फोहोरको सहर भन्ने गरिन्छ। पिउने पानीदेखि लिएर सडकमा यात्रा गर्दासमेत सर्वसाधरणले सास्ती भोग्दै आएका छन्। अव्यवस्थित बाटो, जाम र धुलो धुवाँले सबै आजित छन्।

बिदाको दिन कतै घुम्न जाउँ भन्दा यी सबै कुरा सम्झिदा दिग्दार महसूस हुन्छ। तर, यतीबेला राजधानीमा बैजनी कलरको ज्याकारान्डा मिमोसिफोलिया फूलले यी सबै कुरालाई एकछिन भएनी भुलाइदिएको छ। यी फूल देख्दा लाग्छ हामी नेपालमा हैन विदेशमा छौं। हरेक वर्ष यही समयमा फूल्ने यो फूलको दृश्यले कसको मन नलोभ्याउला र?

राजधानीका सडक किनारामा यो फूलले यतिबेला बेग्लै रौनक ल्याएको छ। सहिदगेट, टुँडिखेल, रत्नपार्क, भद्रकाली, दरबारमार्ग, ललितपुरको महालक्ष्मीस्थान लगायतका स्थानमा ज्याकारान्डा मिमोसिफोलिया फूल ढकमक्क फूलेको छ।

यो फूल फुलेको देख्दा धेरैको एकछिन भएनी मन लोभिन्छ। त्यसैले पनि हरेक सिजन यो फूल फुल्ने बेला सामाजिक सञ्जालमा ज्याकारान्डाका तस्बिर छाउँछन। सानो बोटमा मात्र सीमित नभई यो फूल ठूलो रुखमा फुल्ने हुँदा धेरै ठाउँबाट सजिलै देख्न सकिन्छ।

उपत्यकालाई सुन्दर बनाउनको लागि यो विरुवा विदेशबाट ल्याइएको डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख रामबाबु पौड्यालले बताए। तत्कालिन राजा वीरेन्द्रको पालामा भित्रिएकाले यसलाई वीरेन्द्र फूल पनि भनिन्छ। सबै पात झरेर फूल्ने भएकाले पनि यो आकर्षक देखिन्छ।

हेर्नुस सुन्दर ज्याकारान्डाका केही तस्बिर …..

 

प्रतिक्रिया दिनुहोस्