नेपाल र भियतनामबीच १६ बुँदे सहमति (पूर्णपाठसहित)



काठमाडौं : भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्ना समकक्षीसँग भेटवार्ता गरेका छन् । भियतनामका प्रधाममन्त्री न्युग्यन सुआन फुकको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम गएका हुन् । 

शनिबार प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिलाई त्यहाँको राष्ट्रप्रमुख निवासमास्वागत गरिएको थियो । स्वागतपछि ओली र समकक्षी न्युग्यन सुआन फुकबीच वार्ता भएको थियो । प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रिय सभाका अध्यक्ष न्युग्यन थि किमसँग समेत भेट गरेका थिए । 

उनले होचि मिन्ह राजनीति राष्ट्रिय एकेडेमीमा साथै भियतनाम नेपालबीचको व्यापारिक मञ्चमा सम्वोधन गरेका थिए । एकेडेमीमा ओलीले होचि मिन्हप्रति श्रद्धान्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनका कार्यको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा सम्वोधन गर्ने कार्यक्रम छ ।

औपचारिक वार्ता सद्भावपूर्ण ढंगबाट सम्पन्न भएको दुई देशको सद्भावपूर्ण सम्बन्धका बारेमा चर्चा गरिएको भेटपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । भेटमा दुवै प्रधानमन्त्रीले आ–आफ्ना देशका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाको बारेमा धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीको यो भ्रमणले दुईदेशबीचको सम्बन्धमा अझ प्रगाढता थप्ने दुवैले विश्वास व्यक्त गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले भियतनामको पछिल्लो आर्थिक र सामाजिक समृद्धिको चर्चा गर्दै न्युग्यन सुआनलाई बधाई दिएका थिए ।

समकक्षी सुआनले पनि ओलीसँग भेट्न पाउँदा खुशी लागेको बताए । उनले दक्षिणपूर्वी क्षेत्रको भ्रमणमा भियतनामलाई पहिलो रोजाइ बनाएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । उनले नेपाली जनताले लामो प्रक्रियापछि नेपालले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेकोभन्दै नेपाली नागरिकलाई बधाई दिएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा दुवै देशका विदेश मन्त्रीबीच व्यापार र लगानीका क्रममा हुने भ्रमण भिसा तथा पासपोर्टका विषयमा भएको सहमतिमा हस्ताक्षर भएको थियो ।

भेटमा सांस्कृतिक र ऐतिहासिक समानता र बौद्ध धर्मका बारेमा चर्चा गर्नुका साथै आफ्नो अस्तित्व जोगाउन दुवै देशले गरेको संघर्ष, एकता र राष्ट्रिय अखण्डताको विषय एक अर्कासँग मिल्दोजुल्दो भएको बताएका थिए ।

सन् २०२० मा नेपाल र भियतनाम सम्बन्धको ४५ औं वर्षगाँठको अवसरको कार्यक्रमलाई भव्यताका साथ मनाउन र पर्यटन, व्यापार र दुई देशका नागरिकबीचको सम्बन्ध र सद्भाव बढाउन र सम्बन्धलाई थप उचाइ दिन दुवै देशले प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । सो अवसरमा आपसी सम्बन्ध निर्माणका लागि दुवै देशका राजनीतिक दल, सरकार, संसदीय संस्था, तथा नागरिकको मैत्रीपूर्ण भ्रमण गराउने विषयमा समेत सहमति भएको छ ।

त्यस्तै कूटनीतिज्ञ र सरकारी अधिकारीको भिसा छुट दिने सहमति भएको छ भने च्याम्बर अफ कमर्स नवीकरण गर्ने सम्झौता समेत भएको छ । यो सहमतिले आर्थिक र व्यापारीक अंगलाई सहयोग गर्नुका साथै ऊर्जा, प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रको स्तरोन्नतिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै भेटमा नेपाली सामग्री भियतनाम निर्यात गर्ने, भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने विषयमा छलफल भएको र भियतनामले सकरात्मक प्रतिक्रिया दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै देशले पर्यटक आदानप्रदान गर्न प्रेरित गर्ने सम्झौता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणका लागि बोलाएकोमा धन्यवाद दिनुका साथै निकट भविष्यमै नेपाल भ्रमणका लागि समकक्षी न्युगेनलाई निम्तो समेत दिएका छन् ।

यस्तो छ सहमतिको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्