‘कुम्भ करण’को ट्रेलर युट्युबबाट सार्वजनिक



काठमाडाैं : कमेडी जन्रामा बनेको फिल्म ‘कुम्भ करण’को ट्रेलर शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो । आगामी जेठ १७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममको कथा गाउँको एक विद्यालय र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाको वरिपरि घुमेको छ ।

विद्यालयका प्रधानाध्यापक भोलाराज सापकोटा श्रीमतीले छाडेपछि एक्लै हुन्छन् । त्यही विद्यालयमा अंग्रेजी शिक्षकको भूमिकामा निशा अधिकारी र नेपाली शिक्षक गौरव पहारी रहेका छन्  । विद्यालयको पियनको रुपमा अभय बराल रहेका छन् ।

भोला, गौरव र अभय तीनै जनाले निशालाई मन पराउँछन् । उनीसँग विवाह गर्न चाहन्छन्। यस्तैमा निशाको हत्या हुन्छ र उनीहरु हत्याको दोष एकअर्कालाई लगाउँछन्। हत्याको अनुसन्धानलाई भने ट्रेलरमा गोप्य राखिएको छ। 

फिल्ममा निशा, गौरव, भोला र अभयका अलावा आकाश पल, कुलदीप अधिकारी, सद्भाव थापा लगायतको कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको निर्देशन दीपक वलीले गरेका छन् ।आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क बुढाथोकी निर्माता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्