पुर्वी नवलपरासीको होटलमा छापा, ७ जना पक्राउ 



नवलपुर : पूर्बि नवलपरासी (नवलपुर)मा  प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको सुचनाका आधारमा विभिन्न होटलबाट ७ जनालाई पक्राउ गरेको छ । मध्यबिन्दु २ नन्दपुरमा रहेको रिमझिम होटलबाट २ जना महिला ,४ जना पुरुष र होटल सञ्चालक गरी सात जनालाई पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले मध्यबिन्दु नगरपालीका २ मा रहेको रिमझिम होटलबाट यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको दाबि गरेको छ ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्