मेरियटबाट धरहरा नियाल्दै ओली र नेपाल



काठमाडौं– काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता सकिएको छ । वार्ता केहीबेर अघि सकिएको हो । प्रधानमन्त्री ओली होटेल मेरियटबाट बाहिरिसकेका छन् ।

बुधबार पहिलो चरणमा भएको वार्तापछि दुई नेता बिहीबार दिउँसो पनि सोही होटेलमा बसेर छलफल गरेका हुन् । यही मैकामा अध्यक्ष ओली र नेता नेपालले मेरियट होटेलको कोठमा रहेको झ्यालबाट सुन्धारामा निर्माण सम्पन्न भएको धरहरा अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्