डडेलधुरामा जीप दुर्घटना, नौ घाइते



डडेलधुरा : डडेलधुरा  डडेल्धुराको रडुवामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा क्षेत्रमा बुधबार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिका लागि छुटेको उग्रतारा यातायताको से.१ज ३११ नम्बर को जीप दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ । 

घाइतेको उद्धार गरी उपक्षेत्रीय अपस्तलमा पु¥याईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्