अपडेटः डडेल्धुरामा जिप दुर्घटना, एकको मृत्यु, ८ जना घाइते



डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी गन्यापधुरा गाउँपालिका २ की ४० वर्षीया कुमारी देउवाको उपक्षेत्रीय अपस्तलमा उपचारका क्रममा मुत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकाको सीमा रडुवामा बुधबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिकाका लागि छुटेको म १ ज ३११ नम्बरको नम्बरको नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको उपक्षेत्रीय अपस्तालमा उपचार भइरहेको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले बताए।

प्रतिक्रिया दिनुहोस्