बुटवलमा अक्सिजन बैंक



बुटबल । बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि अक्सिजन बैंकको सुरु गरेको छ । उपमहानगरभित्र होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पु¥याउने गरी उपमहानगरमा अक्सिजन बैंक सेवा शुरु गरिएको उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।
अहिले पहिलो लटमा १ सय वटा सिलिण्डर खरिद गरेर अक्सिजन बैंक सुरु गरिएको हो । पहिलो चरणमा १० लाख रुपैयाँ खर्च गरिएको छ । अक्सिजन बैंक बिरामीसम्म पु¥याउन, जडान र रेखदेखमा उपमहानगरका ८ शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ८ उपमहानगरले थप गरी खटाएका कर्मचरीले बैंक अन्तर्गत काम गर्ने महाशाखा प्रमुख खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्