विराटनगरमा कोरोना संक्रमित दुई पुरुषको मृत्यु



विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ र ६७ वर्षीय पुरुष छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको आज बिहान ८ः१५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनकाअनुसार कोरोना पुष्टि भएका संक्रमित पुरुषलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय वृद्ध पुरुषको पनि आज बिहान ५ बजेतिर नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । प्रबन्धक दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्