आज पोखरा थण्डर्स र एफसी चितवन भिड्दै



काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र चितवनबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आज पोखरा जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्न चाहन्छ । पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो ।

पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ ।

यता, चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । ४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ । चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ । पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्