नामसँगै दाम कमाउँदै सन्दीप



काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग क्रिकेटका लागि अनुबन्धित भएको समाचारले खेल जगतलाई फेरि तताएको छ । ६ महिनाअघि मात्र इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका १८ वर्षीय यी लेगस्पिनरको बिग बासमा 'डेब्यु'को समाचारले नेपाली खेल क्षेत्रलाई तरंगित पारेको हो ।

आईपीएलमा दिल्ली डेयरडेभिल्सले सन्दिपका लागि २० लाख भारतीय रुपैयाँ खर्चिएको थियो । दिल्लीको अन्तिम तीन खेलमा पाँच विकेट लिएर उनले आफ्नो बलियो प्रभाव छाडेका थिए । त्यसयता सन्दीपले छोटो अबधीमा एकपछि अर्को छलाङ मारिरहेका छन् । 

उनलाई विश्वका अन्य चर्चित लिगमा अनुबन्ध गर्न विदेशी क्लबहरुको हाडबाजी नै चलेको छ । सँगसँगै सन्दीपको कमाईले पनि सफलताको सिँढी  चढिरहेको छ । 

नामसँगै दाम पनि कमाईरहेका उनी ५ महिनामै करोडपति नेपाली खेलाडीको सुचीमा दरिन पुगेका छन्, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्