राष्ट्रिय परिचयपत्र छाप्न थालियो, सुरुमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई दिइने



काठमाडौं : राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आजबाट राष्ट्रिय परिचयपत्र छाप्न सुरु गर्दैछ । परिचयपत्र विद्युतीय र स्मार्ट कार्ड प्रविधिमा आधारित हुने छन् । केन्द्र गृह मन्त्रालय अ्रन्तर्गतको निकाय हो । 

केन्द्रका वरिष्ठ इन्जिनियर मुकेश रेग्मीले अत्याधुनिक प्रविधिसहितको परिचयपत्र छपाइको तयारी सकिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत भीभीआईपी र सिंहदरबारभित्रका ७ हजार कर्मचारीको परिचयपत्र छापिनेछ । 

सँगै पाँचथर जिल्लाका १ लाख १० हजार नागरिकको परिचयपत्र छापिनेछ । केन्द्रले परिचयपत्र छाप्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबैको व्यक्तिगत तथा जैविक विवरण संकलन गरिसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकको तेस्रो पृष्ठमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्