फेसबुकबाट चरित्र हत्या गर्ने पक्राउ



काठमाडौं : ओशो तपोवनका प्रमुख आनन्द अरुण र एक महिलाको चरित्र हत्या हुने गरी फेसबुकमा तस्बिर पोस्ट गरेको र स्टाटस लेखेको आरोपमा अर्जुन पाण्डे (स्वामी देवशंकर) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई आइतबार पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको हो ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार कुनै बेला ओशो तपोवनमै आबद्ध पाण्डेले एक महिलाले अरुणको खुट्टा मिच्न लागेको तस्बिर पोस्ट गर्दै स्टाटस लेखेका थिए ।

 

फोटोकी महिलाले आफ्नो र अरुणको चरित्र हत्या भएको भन्दै अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्