पूर्व प्रशिक्षक तामाङको कोरोनाबाट मृत्यु



काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी तथा सहारा एकेडेमीका पूर्व प्रशिक्षक बिल तामाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सहारा क्लब पोखराले उनको कोरोना संक्रमणका कारण निधन भएको बताएको छ । उनी सहारा हङकङका उपाध्यक्ष पनि थिए । सहारा क्लबले मंगलबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको पुष्टि गरेको छ ।
‘सहारा हङकङलाई स्थापना कालदेखि नै अगाडि बढ्न र क्लबको प्रगतिमा वहाको महत्वपूर्ण योगदान छ । यस दुःखद घडीमा मृत आत्मप्रति चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि भगवानसँग प्राथना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्