खानाले गर्छ मुड परिवर्तन



खानाको डायबिटिजसँग प्रत्यक्ष सम्बन्ध छ । यस्तै मोटोपना, हृदयघात आदि पनि खानासँग सीधा सम्बन्ध राख्छन् । तर, मानसिक स्वास्थ्य र आहारमा के सम्बन्ध छ ? यो अध्ययनको विषय हाे । 

 

मध्ययुगतिर मानिस आफ्नो मुड बनाउन र उत्तेजना ल्याउन अन्डा, बिउ, अनार, मयूरको प्रयोग गर्थे । हालै अमेरिकामा रहेको न्युर्योक ब्यघटन स्वास्थ्य र कल्याण अध्ययन नामक एक संस्थाको नेतृत्वमा गरिएको अनुसन्धानअनुसार वयस्क (३० वर्षभन्दा कम) ले अरुको तुलनामा तीन गुणा बढी फास्टफुड खान्छन् र तिनीहरु मानसिक रुपमा विचलित हुने गर्छन् । अाजकाे नयाँ पत्रिका दैनिकले खाेजमूलक सामग्री छापेकाे छ ।

 

फास्टफुडमा सामान्यतया फ्याटी एसिड उच्च रुपमा पाइन्छ र शरीरमा भ्रामक प्रतिक्रिया उत्पन्न गर्छ । जुन चिन्ता र डिप्रेसनसँग प्रत्यक्ष जोडिएको छ। ३० वर्षभन्दा माथिका वयस्कका लागि कम कार्बोहाड्रेट र फलफूलले तनाव हटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

 

विशेषगरी, फलफूलले मस्तिष्को रक्षा गर्ने एन्टिअक्सिडेन्टको रुपमा काम गर्छन् । अध्ययनअनुसार सन्तुलित डाइटिङ दिमागका लागि महत्वपूर्ण हुन्छ । यस्तै, फ्याटी एसिड, खनिज पाइने खानेकुरा, भिटामिन बी, सी र ईबाट म्याग्नेसियम, फलफूल आदिको सेवनले सीधै मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्