कतारकाे भ्रमण सकेर अाज साँझ फर्कँदै राष्ट्रपति



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी कतारकाे चारदिने भ्रमण सकी आज साँझ स्वदेश फर्कंदै छिन् । उनी साँझ ७ फर्कने कार्यक्रम छ। 

 

कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा भण्डारी सोमबार भ्रमणमा गएकी थिइन्। भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखबीच नेपाली कामदार,लगानी पर्यटन तथा कृषि क्षेत्रमा कुराकानी भएको थियो।

 

भ्रमणका क्रममा कूटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने सहमति भएको छ। भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत पनि सँगै छन्। 

 

भण्डारीले नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्