संकटका बेला चाल्नुपर्ने कदममा आयोग सचेत छ: अध्यक्ष दत्त



काठमाडौं– मधेशी आयोगकाद्वारा आयोजना गरिएको “नागरिक समाज संग मधेशी आयोगको अन्तरक्रिया कार्यक्रम“ सम्पन्न भएको छ । कोभिडले उत्पन्न गरेको अवस्था र आयोगले गर्नुपर्ने पहलहरुका विषयमा छलफल भएको थियो ।

भर्चुअल रुपमा आयोजना भएको सो कार्यक्रममा ७७ जिल्लाका नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आ–आफ्ना ठाउँमा कोभिडले उत्पन्न गरेका समस्याहरु र आयोगले त्यस्ता समस्याहरु समाधान गर्नको लागि चाल्नुपर्ने आवश्यक कदमहरुको बारेमा सुझाव दिएका थिए ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आएका समस्याहरुको समाधानका लागि आयोगले यथाशिघ्र नेपाल सरकारलाई ध्यानकर्षण गराउने बताए । अध्यक्ष दत्तले आएका सुझाव अनुसार अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

आयोगका सदस्य जीवछ साहले यस महामारी को बेला देखापरेका समस्याहरुलाई गम्भीर रुपमा लिएर आयोगले पहल गर्नुपर्ने ठाउँमा छिटो भन्दा छिटो पहल गर्ने प्रष्ट पारे ।

यो कार्यक्रमलाई निरन्तरता दिने तथा जनता संगको पहुँचलाई अझ सजिलो बनाउन नयाँ नयाँ कार्यक्रमहरु अध्यक्ष र सचिवालयको प्राथमिकतामा रहेको छ ।

सो कार्यक्रम अध्यक्ष दत्तका स्वकीय सचिव दिपेन्द्र यादवले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्