इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो



 

एजेन्सी :   इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्ल्याक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् । 

 

समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्ल्याक बक्स एफडीआर ९फ्लाइट डाटा रेकर्डर  हो वा सीभीआर ककपिट भ्वाइस रेकर्डर  हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।  यो उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारीहरु सङ्ग्रहित हुन्छन् ।  केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै एकसय ८९ जनाको मृत्यु भएको थियो । 

 

इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिहरुको खोजी गरिरहेका छन् । उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग सङ्कलन गरेका र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको छ । 

रासस र एएफपी

प्रतिक्रिया दिनुहोस्