नेकपा नेता नेपालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण 



पोखराः पुर्व प्रधानमन्त्री एवम् अन्तराष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपाल नेतृत्वको टोलीले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरिक्षण गरेको छ । 

विमानस्थल अनुगमनपछि नेता नेपालले तोकिएको मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा भौतिक पूर्वाधार निर्माणमा निकै ढिला ढाला हुने गरेको बताउदै तोकिएकै मितिमा काम सम्पन्न गर्न नसक्नेहरु लाई सरकारले कडा कार्बाहि गर्ने बताउनुभयो । 

“नेपालमा निर्माणभएका कुनै पनि बिमानस्थलको काम तोकिएको मितिमा सम्पन्न भएको छैन, निर्माणाधिन विमानसथल चाहे निजगढ, चाहे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल किन नहोस कुनै पनि काम सन्तोष जनक पाईएन उहाँले भन्नुभयो,काम नगर्ने जोकोही पनि पद वा जिम्मेवारीमा रहनु हुदैँन । 

जिम्मेवारी वहन गर्न नसक्नेले पद वा कामको जिम्मा लिन नहुने उहाँको भनाई थियो । यद्यपि पोखरा विमानस्थलको काम भने सन्तोष जनक रहेको र आगामी दिनहरुमा पनि यस्तै तिब्र गतिमा काम गर्न निर्देश दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग,र्पटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । प्रदेश सरकारले विमानस्थलको कामलाई नजिक बाट निहालिरहेको बताउदै सरकारको सन् २०२२मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार काम गर्न निर्देशन दिनुभयो । 

निरिक्षण गर्न आउनुभएका नेपाललाई आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जानकारी गराउनुभयो ।

राष्ट्रिय गौरवको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । उहाँका अनुसार जग्गा अधिग्रहण गर्दा अहिलेसम्म मुआब्जामा मात्रै ३ अर्ब सकिएको छ । विमानस्थल आसपासको सडकका लागि ५० करोड खर्च भइसकेको छ । 

बिमानस्थल निर्माण पछी पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ ।  चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । 

इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुने आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्