कस्तो रहला आजको मौसम ?



काठमाडौँ : पश्चिमी वायुसँगै स्थानीय वायुको मिश्रित प्रभाव रहेका कारण देशका अधिकांश स्थानमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्