नेपाल प्रहरीका ५७ डीएसपी र ५२ एसपीको सरुवा (नामावलीसहित)



काठमाडौं । नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

डीएसपी सरुवाको सूची


यस्तै, नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा रमेश थापा सरुवा भएका छन् । दानबहादुर कार्यालय कपिलवस्तु, श्यामकृष्ण अधिकारी बाँकेमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्