ओलीका कारण संविधान र लोकतन्त्र संकटमा : देउवा



काठमाडौं : नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण संविधान संकटमा परेको बताएका छन् । बिहीबार सम्पादकसँगको अन्तक्रिर्यामा उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खोज्ने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्न काम भएको छ ।’

राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधि सभा विघटनले लोकतन्त्र नै संकटमा परेको उनले बताए । १४९ जना सांसद हस्ताक्षर गरी सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको उनको भनाइ छ । संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आजको आवश्यक रहेको देउवाले बताए । कोरोना महामारी नियन्त्रण पाँच दलको गठबन्धनले दबाब सिर्जना गर्ने पनि उनले बताए । त्यसमा लागि जनपरिचालन गरिने बताए ।

प्रधानमन्त्रीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान नै संकटमा परेको भन्दै देउवाले अध्यादेशमार्फत शासन चलाउने, न्यायालय, संवैधानिक निकाय र राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएको बताए । ‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उनले भनेका छन् । प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको भन्दै देउवाले आवश्यक परेमा जनपरिचालनसमेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्