डीडीसीमा डेढ कराेडकाे प्लास्टिक अनियमितता



काठमाडौं : सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधर दही प्याकेजिङ गर्ने प्लास्टिक ग्लोबल टेन्डरमार्फत आयात गर्छ । 

एक केजी स्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३०० प्याकेट दही प्याकेज गर्छ । 

आर्थिक वर्ष २०७३–०७४ मा ८० लाख ८७ हजार रुपैयाँको बढी प्लास्टिक देखियो । यो मूल्य बराबरको प्लास्टिकमा दूध र दही प्याकेजिङ भएर बिक्री भएको देखिएन ।  यति ठूलो परिमाणमा प्लास्टिक अनियमितता भएको पाइएको छ । 

 

त्यसको अघिल्लो आर्थिक वर्षमा समेत गरी डेढ करोड बढी आर्थिक अनियमितता भएको समाचारमा उल्लेख छ । याे खबर अाजकाे कान्तिपुर दैनिकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्