२२ लाख अवैध रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ



काठमाडौं : साढे २२ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ।

 

बाँके, नेपालगञ्ज उपमाहानगरपालिका–४ सल्यानीवाग बस्ने ३६ वर्षीय महमदहकी सिद्धिकीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

ना५ख ६४७७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सिद्धिकीलाई शरीरमा लुकाई–छिपाई ल्याएको उक्त रकमसहित पक्राउ गरिएको हो । 

 

उनीमाथि अरु छानिबन भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्