तामाकोशी सेयरमा आवेदन दिनेको भिड, दुई दिनमा साढे २ अर्ब रकम संकलन



 

काठमाडौं :  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधरणको लागि खुल्ला गरेको सेयर (आईपीओ) को लागि शुक्रबार सम्ममा १ लाख १६ हजार ५ सय जनाको आवेदन परेको छ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार बिहीबारबाट खुल्ला गरेको सेयर २ दिनमा उक्त आवेदन परेको हो । आयोजनाले सर्वसाधरणको लागि १ करोड ५८ लाख ८५ हजार सेयर आईपीओका लागि बिहीबार आवेदन माग गरेको थियो । 

शुक्रबार सम्ममा १ लाख १६ हजार ५ सय आवेदनबाट २ अर्ब २२ करोड ५० लाख रुपैयाँ रकम संकलन भएको छ । यही अनुपातमा जाने हो भने आईतबार सम्ममा ४ लाख आवेदन पर्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनाले ५ दिन भित्रमा निश्चित आवेदन परेमा मंसिर १४ गते सम्म समय थप गर्ने योजना बनाएको थियो तर आवेदन दिनेको संख्या बढेपछि समय थप नगर्ने प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्