डा.खत्रीलाई एक वर्ष उपचार गर्न प्रतिबन्ध



काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले मुटु रोग विशेषज्ञ डा.ऋषि खत्रीलाई १ वर्षका लागि मुटु सम्बन्धि रोगको उपचार गर्न प्रतिबन्ध लगाएको छ ।
काउन्सिलमा शुक्रबार बसेको बैठकले खत्रीलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपछि मात्र मुटु रोगको उपचार गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलको रजिष्टार डा.कृष्णप्रसाद अधिकारीले बताए ।
खत्री लगायतका चिकित्सकविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन हुँदा उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको देखिएकाले रोक लगाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्