गुल्मीमा श्रीमतीको हत्यापछि श्रीमान फरार



 

काठमाडौं :  मदाने गाउँपालिका – ६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले श्रीमतीको हत्या गरी फरार भएका छन् ।

नेपालीले शुक्रवार बिहान ३१ वर्षीया सीता नेपालीलार्इ कुटपिट गरेर हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए ।

 घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्