ओलम्पिक : नेपालका पौडीवाज एलेक्सको प्रतिस्पर्धा आज



काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा मंगलबार नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिक अन्तर्गत मंगलबार नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्ने छन् ।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन्। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन् ।

एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन् । गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्