पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ



काठमाडौं : प्रतिनिधि सभाका पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा पाटन उच्च अदालतबाट समेत सफाइ पाएका छन् ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले मंगलबार उनलाई सफाइ दिएको हो । यसअघि महरालाई काठमाडौं जिल्ला अदालतले समेत सफाइ दिएको थियो । उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने एक स्वास्थ्य कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोपसँगै २०७६ असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए भने उनलाई असोज १९ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्