
काठमाडौं : साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ ।
बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएपनि शुक्रवार नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, शुक्रवार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएपनि शुक्रवार चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भयो ।