सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध



बझाङ: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड बाढीका कारण अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गरे । सोही पहिरोका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्