झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौँ: पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।

नयाँदिल्लीस्थित अपोलो अस्पतालमा नेता खनालको बुधबार सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको टिमले मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ । केहि समय अस्पतालमै आराम पश्चात नेपाल फर्कने सचिवालयले बताएको छ।

खनाल दुवै मिर्गौलामा समस्या आएपछि गत असार २ बाट भारतमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्