उड्यो ग्राउन्डेड भएको निगमको वाइडबडी विमान



काठमाडौं : कतारको दोहामा ग्राउन्डेड भएको नेपाल वायु सेवा निगमको वाइडबडी ‘ए’ ३३०-२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमानले नियमित सेवा सुरु गरेको छ। 

 

प्राविधिक कारणले धावनमार्गमा करिब ६ घन्टा ग्राउन्डेड भएको उक्त विमान मर्मतपछि यात्रु लिएर काठमाडौं फर्किएको हो।  प्राविधिक समस्याका कारण रोकिएको विमान काठमाडौं फर्किएको निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्