तीन वटा दलको निर्वाचन दर्ता खारेज



काठमाडौं । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ । लेखा परीक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार आयोगले तीनवटा दलको दर्ता खारेज गरेको हो ।
आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य किरण नेतृत्वको ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् ।
३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा काम गर्दै आएका थिए । उनको पार्टीले पुस २० भित्रमा लेखा परीक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि आयोगले खारेज गरिदिएको हो ।
यी तीनै दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्