मूल्यवृद्धिविरुद्ध नेविसंघ सडकमा



काठमाडौं । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि विरुद्ध सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ सडक संघर्षमा उत्रेको छ ।
मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै संघले सरकारविरुद्ध प्रदर्शन सुरु गरेको हो ।
नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले
शुक्रबार काठमाडौंको कोटेश्वर, मीन भवन, माईतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरे ।
त्यस क्रममा उनीहरुले मूल्यवृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन् । मूल्यवृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान संचालन गरिएको र त्यो छिट्टै सरकारलाई नेपाल विद्यार्थी संघले जनाएको छ ।
कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरुको चर्को मूल्यवृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको नेवि संघको भनाइ छ ।
संघमा आवद्ध विद्यार्थीहरुले मूल्य वृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा संघ प्रदर्शनमा उत्रिएको हो ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्